कोरोना : एक भ्रष्टाचारी भाइरस!

कोरोना भाइरसको कारणले गर्दा मुलुकमा दिन प्रतिदिन  विनाश बढ्दैछ ।  यस महामारीविरूद्ध लड्न सबैभन्दा आवश्यक कुरा समयमा नै गरिने परीक्षण, परीक्षण किट र अनुशासन हो । जुन तीनै चिज हामीसँग छैन । 

दुर्भाग्यवश भन्नुपर्दा जब–जब संकट आउँछ, तब–तब भ्रष्टाचार पनि पछि लागेर आउँछ । इतिहासले प्रस्ट देखाएको छ कि जब यस्तो संकटको स्थितिमा निर्णयहरू छिटो गरिन्छ, तब ठगी र भ्रष्टाचारको बढ्दो जोखिम हुन्छ । विशेषगरी त्यो बेला, जति बेला समाजको निगरानी कमजोर हुन्छ।

पछिल्लो समय भएका विषम परिस्थिति र आपतकालीन समयमा (इबोला भाइरस र स्वाइन फ्लू होस् वा भूकम्प) पनि अरुको दूर्भाग्यबाट फाइदा लिन खोज्ने मानिसहरू थुप्रै हुन्छन् भनेर स्पष्ट पारिसकेको छ ।

यस्तो संकटको समयमा पनि संगठित राजनीतिक पार्टीका मान्छे, आपराधिक समूह र भ्रष्ट सरकारी अधिकारीले अवैध पैसा र शक्ति संकलन गर्न नयाँ अवसरहरू फेला पार्दै आइरहेका छन् । आफ्नो निहित स्वार्थको लागि काम गरेको सबैलाइ थाहा नै छ । 

प्रकाशित मिति: : 2020-09-15 11:42:30

प्रतिकृया दिनुहोस्