नेकपा हल्लाउने ती दुई समाचार; खण्डन, गाली ...र, यसपालि !

विमल गौतम

कान्तर डट्कमका राजनीतिक संवाददाता सहकर्मी ईश्वर अर्यालले गएको असार २२ गते बिहान १० बजेको नियमित न्यूजरूम बैठकमा गुनासो गरे– 'दाइ,कुरा गर्‍यो भने तपाईंहरू हाँसेर उडाइदिनुहुन्छ, तर मलाई नेताहरूसँग कुरा गर्न र सूचना लिन गाह्रो भैसक्यो । मेरा सबै स्रोत मसँग नराम्ररी रिसाएका छन् । एकएक गर्दै मेरा स्रोत सकिने भए ।'

उनी यत्तिमै रोकिएनन् । थपे, 'झलनाथ खनालले गएको वैशाखमा मलाई 'अब कहिल्यै सम्पर्क नगर्नुस्'भनेर फोन काटिदिए । नारायणकाजी श्रेष्ठले मेरो 'फोन,म्यासेज रेस्पोन्स'नै गर्दैनन् । माधव नेपालले खै कुन न्यूजमा चित्त दुखाएका छन् रे ! हुँदाहुँदा हिजोदेखि प्रचण्डको सचिवालय पनि मसँग 'फायर'छ । प्रचण्डका प्रेस संयोजक जुगलजी (विष्णु सापकोटा) ले मसँग चित्त दुखाए । सूर्य थापा पनि मसँग खुशी छैनन् । न्यूज छुट्यो भने तपाईंहरू तत्काल प्रश्न गर्नुहुन्छ, अवस्था यस्तो छ । 

हाम्रो सम्पादकीय टोलीका एक मेहनती संवाददाता हुन्ईश्वर अर्याल । उनको पृष्ठभूमि पत्रकारिता होइन, तर पछिल्लो साढे दुई वर्षयता उनी लोकान्तर डट्कमसँग आबद्ध छन् र पत्रकारका रूपमा आफूमा निखार ल्याइरहेका छन् । एक हिसाबले उनी पत्रकारितामा स्थापित भैसके ।

नेपाल फर्कनुअघि उनी युएईमा थिए । त्यहीँबाट लोकान्तरमा लेख पठाउँथे । एकदिन मलाई उतैबाट सोधे– 'म नेपाल फर्कन चाहन्छु । नेपाल आएपछि ठ्याक्कै के गर्छु सोचेको छैन तर पत्रकारितामा पनि रुचि छ । अवसर दिनुहुन्छ नि ?'

प्रकाशित मिति: : 2020-09-13 23:24:44

प्रतिकृया दिनुहोस्