विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

विश्वभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट  ज्यान गुमाउनेको संख्या ९ लाख कटेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर कोभिड–१९ का कारण यो समाचार तयार पार्दासम्म ९ लाख ८ हजार ४ सय १३ भन्दा धेरैको ज्यान गएको छ।

विश्वभर संक्रमितको संख्या २ करोड ८० लाख ४८ हजार भन्दा बढी रहेको छ। गएको वर्षको अन्त्यतिरबाट चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिले विश्वका अधिकांश देशमा फैलिएको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ६५ लाख ४९ हजार भन्दा बढी संक्रमित भएकोमा १ लाख ९५ हजार २ सय भन्दा बढीको ज्यान गएको छ।

संक्रमितको संख्यामा भारत दोस्रो स्थानमा छ । त्यहाँ पछिल्लो २४ घण्टामा विश्वमै अहिलेसम्मकै धेरै ९५ हजार ७३५ जनामा संक्रमण पुष्टि भएको छ। भारतमा कुल संक्रमितको संख्या ४४ लाख ७० हजार ८ सय भन्दा बढी पुगेकोमा अहिलेसम्म ७५ हजारभन्दा बढी मानिसको ज्यान गएको छ ।

यस्तै ब्राजिलमा ४१ लाख ९७ हजार भन्दा बढी संक्रमित मध्ये १ लाख २८ हजार ८ सय भन्दा धेरैको ज्यान गुमाएका छन्।

रसियामा १० लाख भन्दा बढी संक्रमित हुँदा मृतको संख्या १८ हजार नाघेको छ। 

नेपालमा करिब ५० हजार जनामा संक्रमण देखिँला ३०० भन्दा बढीको ज्यान गएको छ।

प्रकाशित मिति: : 2020-09-10 14:28:16

प्रतिकृया दिनुहोस्