काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ। ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा काठमाडौंमा २ जनाको कोरोना संक्रमितको ज्यान गएको छ। मृत्यु हुनेमा ८३ वर्षिया महिला र ६७ वर्षिय पुरूष छन्।