कोरोनाको जोखिमभत्ता दुरुपयोग : प्रशासनका कर्मचारीले खाए स्वास्थ्यकर्मीले पाउने भत्ता

प्रकाश आचार्य

प्रदेशको सामाजिक विकास मन्त्रालयले गत असार २६ गते लुम्बिनी प्रादेशिक अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि १ करोड ५० लाख रुपैयाँ पठायो ।

त्यसमध्ये ७० लाख रुपैयाँ धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालका स्वास्थ्यकर्मीलाई र ८० लाख प्रादेशिक अस्पतालमा फिवर क्लिनिक र कोरोना भाइरस शंकास्पद बिरामी हेर्ने) जिम्मेवारीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीका लागि थियो ।

भदौ दोस्रो हप्तासम्म कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले महामारीमा खटिँदा समेत जोखिमभत्ता नपाएको भन्दै आन्दोलन गरेर जागिर नै छाड्ने बताएपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले छानबिन गर्न समिति बनायो । मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलको संयोजकत्वमा  छानबिन समिति गठन गरी अनुसन्धान अगाडि बढायो । 

छानबिन गर्दा अग्रपंक्तिमा काम गर्नेले लिनुपर्ने शतप्रतिशत जोखिमभत्ता अस्पतालको प्रशासनमा कार्यरत कर्मचारीले लिएको भेटायो । महामारीमा भेन्टिलेटर र आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीले पाउनुपर्ने शतप्रतिशत जोखिमभत्ता अस्पतालको प्रशासनमा कार्यरत कर्मचारीको खल्तीमा गएको पाइएको छ ।

प्रकाशित मिति: : 2020-09-09 13:51:20

प्रतिकृया दिनुहोस्