आर्थिक वर्ष २०७८/७९ बजेट

सरकारी कर्मचारीको तलब मासिक दुई हजारले बढ्ने

सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि हुने भएकाे छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन्। 

सरकारी कर्मचारीको १० लाखसम्मको सामूहिक दुर्घटना बिमा र एक लाखसम्मको स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्ने पनि बताइएकाे छ।

प्रकाशित मिति: : 2021-05-29 18:39:00

प्रतिकृया दिनुहोस्