चिनियाँ राष्ट्रपति चिनफिङद्धारा ४ स्वास्थ्यकर्मीलाई विशेष सम्मान

चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसविरूद्धको लडाईमा अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई स्वर्ण पदकद्धारा सम्मान गरेका छन्। 

उनले मंगलबार महामारीको बेला उत्कृष्ट काम गरेका ४ डाक्टरलाई सम्मान गरे। 

चीनको उहान सहरबाट कोरोना संक्रमण संसारभरि फैलिएको थियो। सुरुका दिन चीनमा कोरोनाको महामारी देखिएपनि सरकारको दृढ इच्छा शक्तिका कारण छिट्टै नियन्त्रणमा पनि आएको थियो। यसमा चिनियाँ चिकित्सकहरू अगपंक्तिमा रहेर खटेका थिए। 

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मात्र २४ घण्टाको अन्तरमा कोरोनाका २४ संक्रमित अस्पतालबाट घर फर्किएका छन्। 

देशमा ८५ हजार १ सय ३४ मानिस संक्रमित भएमध्ये ८० हजार ३ सय ३५ जना ठिक भएर घर फर्किएका छन्। अहिले पनि १ सय ७५ जना अस्पतालमा भर्ती छन भने दुईको अवस्था गम्भीर बताइएको छ। 

चीनमा कोरोनाबाट ४ हजार ६ सय ३४ जनाको निधन भएको थियो। पहिले नम्बर एकमा रहेका चीन अहिले संक्रमणको हिसाबले ३९ औं नम्बरमा धकेलिएको छ।

प्रकाशित मिति: : 2020-09-09 11:31:28

प्रतिकृया दिनुहोस्