​कृषिमन्त्रीज्यू, टेस्ट पास हुनुभयो, मुख्य परीक्षा त बाँकी नै छ !

मुख्य अन्नबाली धान पसाउने बेलामा रासायनिक मल किन्नका लागि देशभरका किसानहरू लामालामा लाइनमा बसेका तस्वीर देखेपछि गतसाता मैले लेखेको थिएँ, ‘किसानको खेतमा घनश्यामको परीक्षा’ शीर्षकमा ।

किसानको पक्षमा लेखिएको छोटो टिप्पणीमा केही प्रतिक्रिया आए, केही स्थानीय पत्रपत्रिकाले पनि साभार गरे । लेख्नुको आशय किसानमारा कामचोर ठेकेदारमाथि कारवाही होस् भन्ने पनि हो । जे होस्, किसानमारा ठेकेदार कारवाहीको भागिदार भए । उनको धरौटी जफत भयो । मल नपाएका किसानको पक्षमा देखिएको अभूतपूर्व ऐक्यबद्धताका कारण मलको ठेक्का लिएर समयमा मल आपूर्ति नगर्ने कम्पनीलाई कारवाही गर्ने हिम्मतका लागि कृषि मन्त्री घनश्याम भुसाललाई धन्यवाद भन्नैपर्छ ।

सत्तारुढ दलको कार्यकारी अध्यक्षका घरबेटी जस्तो जब्बर ठेकेदारलाई कारवाही नगर्न दबाब परेको होला भन्ने सहज अनुमान गर्न सकिन्छ । राजनीतिक संरक्षणप्राप्त व्यक्ति र ठेकेदार पुरस्कृत हुँदै आइरहेको अतीत छ । र, शारदाप्रसाद अधिकारी अपवाद बन्दैनन् भन्ने आम जनताको आशंका थियो । 

प्रकाशित मिति: : 2020-09-08 18:22:29

प्रतिकृया दिनुहोस्