पछिल्लो २४ घन्टा भित्र काठमाडौं उपत्यकामा ३८६ जना थपिए, २ जनाको मृत्यु 

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यका भित्र ३८६ जना व्यक्तिमा कोरोना पुष्टि भएको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंमा१०१ महिला र १९९ पुरूषसहित ३०० जना, ललितपुरमा २१ महिला र १७ पुरूषसहित ३८ जना र तथा भक्तपुरमा २६ महिला र ३२ पुरूषसहित ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा काठमाडौंमा १-१ महिला र पुरूषको मृत्यु भएको छ।

मृत्यु हुनेमा ८० वर्षिय महिला र ८५ वर्षिय पुरूष छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभरका बिभिन्न प्रयोगशालामा गरिएको १०६११ परीक्षणमा ९०२ संक्रमित फेला परेका हुन्।

यो सँगै कुल संक्रमितको संख्या ४८१३८ जना पुगेका छन्।

यस्तै पछिल्लो २४ घन्टामा सर्वाधिक २२८७ जना रोगमुक्त भएका छन्। यो सँगै कुल निको हुनेको संख्या ३२९६४ जना छन्। यो कुल संक्रमितको ६८ प्रतिशत हो।

प्रकाशित मिति: : 2020-09-08 16:32:59

प्रतिकृया दिनुहोस्