भारतमा एकै दिन थपिए ९० हजार भन्दा धेरै कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ९० हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वर्ल्डओमिटरका अनुसार शनिबार एकै दिन ९० हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो एकै दिन पुष्टि भएको विश्वका सबै देशको भन्दा धेरै संख्या हो।

याेसँगै संक्रमितको संख्या ४१ लाख १० हजार नाघेको छ।

पछिल्लाे २४ घण्टमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या पनि उतिकै छ। यहाँ एक हजार ४४ जनाले ज्यान गुमाएका छन्।

भारतमा अहिलेसम्म संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७० हजार ६ सय ७९ पुगेको छ। 

प्रकाशित मिति: : 2020-09-06 07:22:23

प्रतिकृया दिनुहोस्