नेमकिपाका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि

नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रतिनिधिसभाका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ। कन्ट्याक्ट ट्रेसिङमा परेर परीक्षण गराउँदा आज कोरोना संक्रमण पोजिटिभ भएो रिपोर्ट आएको सुवालले जानकारी दिए।

“एकजना साथीलाई पोजिटिभ रिपोर्ट आएछ, कन्ट्याक्ट ट्रेसिङमा ४५ जनाको परीक्षण गर्दा मसहित ३ जनाको रिपोर्ट पोजिटिभ आयो”, उनले भने।

अन्य केही लक्षण नदेखिएको तर केही कमजोरी महसुस भएको जस्तो उनले बताए। लक्षण नदेखिएकाले होम आइसोलेसनमै बसिरहेको सुवालले जानकारी दिए।
उनी भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।

प्रकाशित मिति: : 2020-09-05 21:23:50

प्रतिकृया दिनुहोस्