भौतिक सचिव कार्की कोरोना संक्रमित

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई कोरोना संक्रमण देखिएको छ। कार्कीको सोमबार स्वाब लिइएको गरिएको थियो भने बुधबार नतिजा आएको थियो। 

मन्त्रालयसम्बद्ध अधिकारीहरूले सचिव कोरोना संक्रमित भएको पुष्टि गरेका छन्। सचिव कार्कीलाई संक्रमण भएसँगै भौतिक मन्त्री बसन्त नेम्वाङ आइसोलेसनमा बसेका छन्। 

प्रकाशित मिति: : 2020-09-05 00:23:22

प्रतिकृया दिनुहोस्