अबको अर्थमन्त्री कस्तो हुनुपर्छ ? यस्ता छन् विज्ञ र निजी क्षेत्रका सुझाव

लोकान्तर

काठमाडौँ

ईश्वर अर्याल

काेराेना महामारीका कारण विश्वका धेरै देशको जस्तै नेपालको पनि अर्थतन्त्र नराम्ररी प्रभावित छ । यस्तो विषम परिस्थितिमा अर्थमन्त्री फेरिने चर्चाले निजी क्षेत्र र राजनीतिक वृत्तलाई तताएको छ ।

राजनीतिक पृष्ठभूमि नभएका अर्थमन्त्री डा. युवराज खतिवडाले सैद्धान्तिक विषय बुझे पनि व्यावहारिक पाटो बुझ्न नसक्दा मुलुकको अर्थतन्त्रले लय समात्न नसकेको आरोप पहिल्यैदेखि लाग्ने गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र मानिएका खतिवडामाथि कोभिड– १९ का कारण अर्थतन्त्रमा सिर्जित समस्या समाधानमा उल्लेख्य भूमिका खेल्न नसकेको आरोप लाग्ने गरेको थियो ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री खतिवडाले आफूले गरेका कामको फेहरिस्त राखेका थिए । मन्त्रालय सम्हालेदेखि आफूले गरेका र गर्न नसकेका कामहरू अर्थमन्त्रीले बताएपछि प्रधानमन्त्री ओलीले धन्यवाद दिए । खतिवडाले आफूले राजीनामा गर्ने पनि बैठकमा बताए । 

प्रकाशित मिति: : 2020-09-04 19:14:12

प्रतिकृया दिनुहोस्