मैले सबैथोक गुमाएँ: रहमानी
एसियाली मुलुक अफगानिस्तानको द्वन्द्वबाट ज्यान जोगाउन युक्रेन पुगेकाे एक परिवार फेरि भाग्न बाध्य बनेकाे छ। अफगानस्तानबाट ज्यान जाेगाएर युक्रेन पुगेकाे अजमल रहमानीकाे परिवार पुन: युद्धकाे भुमरीमा परेकाे हाे।
एक वर्षअघि अफगानिस्तान छोडेपछि अजमल रहमानीले युक्रेनमा शान्तिको आश्रय पाएका थिए। तर, उनको शान्तिको सास धेरै दिन टिक्न पाएन यसपटक युक्रेनमा रूसी आक्रमणपछि उनकाे परिवार फेरि पाेल्याण्ड भाग्नुपर्यो।
‘म एउटा युद्धबाट भाग्छु, अर्को देशमा आउँछु र फेरि अर्को युद्ध सुरु हुन्छ। मेराे भाग्य असाध्यै नराम्रो रहिछ,' सीमा पार गरेको केही समयपछि रहमानीले एएफपीसँग भने।
उनकी श्रीमती मिना र ११ वर्षीया छोरा ओमर परिवारसँगै युक्रेनी सीमाको छेउमा ग्रिडलक भएका कारण अन्तिम ३० किलोमिटर पैदल हिँडेर सीमा पार गरेका थिए।पोलिश पक्षकाे सम्पर्कमा आइपुगेकाे उनकाे परिवार अन्य शरणार्थीहरूसँगै नजिकैको सहर प्र्जेमिस्लमा जानकाे लागि बसकाे प्रतीक्षा गरेका थिए।
छ दिनदेखि चलिरहेको युक्रन- रूस द्वन्द्वका क्रममा लाखौं मानिसहरु छिमेकी देशहरु मुख्यतया पोल्याण्ड, हंगेरी र रोमानियामा पलायन भएका छन्। संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीले युक्रेनबाट ५ लाखभन्दा बढी व्यक्तिहरू भागेकाे, जसमध्ये लगभग ३ लाख पोल्याण्ड प्रवेश गरेकाे जनाएकाे छ।
अधिकांश शरणार्थीहरू युक्रेनी भए पनि तिनीहरूमध्ये अफगानिस्तान, प्रजातान्त्रिक गणतन्त्र कंगो, भारत र नेपाललगायत अन्य टाढाका विद्यार्थी र आप्रवासी कामदारहरू रहेका छन्।
मैले सबैथोक गुमाएँ: रहमानी
उमेरले ४० वर्ष पुगेका रहमानीले काबुल एयरपोर्टमा १८ वर्ष अफगानिस्तानमा नाटोका लागि काम गरेका थिए। धम्की आएपछि उनले अमेरिका फिर्ता हुनुभन्दा चार महिनाअघि नै देश छाड्ने निर्णय गरेका थिए। तालिबान सशस्त्र समूह गत अगस्टमा सत्तामा फर्किएको थियो। २० वर्षपछि अमेरिकी नेतृत्वको नेटो आक्रमणमा पराजित भएको थियो।
‘मेरो अफगानिस्तानमा राम्रो जीवन थियो, म सँग एउटा निजी घर थियो, एउटा निजी कार थियो, मेरो राम्रो तलब पनि थियो,’ रहमानीले भने,‘मैले मेरो कार, मेरो घर र सबै थाेक बेचेँ। मैले सबै गुमाए।’
परिवारलाई भिसा दिने युक्रेन एक मात्र देश थियो। तिनीहरूले ब्ल्याक सी बन्दरगाह सहर ओडेसामा घर स्थापना गरेका थिए। जब रुसले बिहीबार युक्रेनमा आक्रमण गर्न थाल्यो, तिनीहरूले फेरि सबै कुरा छोडेर १ हजार एक सय दस किलोमिटरको सीमाना यात्रा गरेका हुन्।
‘रहमानी र उनको परिवार पोलिश भिसा बिना अरूहरू जस्तै अब दर्ता गर्नको लागि १५ दिन छ,’ आप्रवासीहरूको लागि परोपकारी संस्था ओकालेनी (साल्भेसन) फाउन्डेसनका वकिल टोमास पिटरजाकले भने,‘पोल्याण्डले यस मुद्दामा आफ्नो कानून चाँडै परिमार्जन गर्नुपर्नेछ।’
रहमानी भविष्यको बारेमा चिन्तित थिए तर सीमाको पोलिश पक्षमा शरणार्थीहरूको प्रवाहलाई सहयोग गर्ने स्वयम्सेवकहरू र अधिकारीहरूबाट पाएको न्यानो स्वागतले उत्साहित भएको बताए।
‘उनीहरूले हामीलाई ऊर्जा दिएका छन,’ उनले भने।
अनुवादक: सुरेन्द्र राना