मारमा किसान: राज्यले आपूर्ति गरेको सीमित मलमा कालोबजारी, सीमापारि जाँदा सुरक्षाकर्मीको कुटाइ !

लोकान्तर

जनकपुरधाम

अजय अनुरागी

कृषि ज्ञान केन्द्र धनुषाका कृषि प्रसार अधिकृत राजेन्द्रप्रसाद यादवका अनुसार यस वर्ष धनुषामा ५९ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । १ हेक्टरमा ३० कट्ठा हुन्छ । 

२० धुरको १ कट्ठा हुन्छ भने २० कट्ठाको १ बिघा जग्गा हुन्छ । धानखेतीमा १ हेक्टरमा १९२ किलोग्राम युरिया मल आवश्यक हुन्छ । त्यसअनुसार धनुषामा धान खेतीका लागि मात्रै ११ हजार ३२८ मेट्रिक टन युरिया मल आवश्यक रहेको यादव बताउँछन् । 

धान रोपाईंको बेलामा डीएपी, युरिया, पोटास तथा क्याल्सियम सहित मलको आवश्यक्ता भए पनि रोपाईं भएको १ महिनाभित्र युरिया मलको आवश्यक्ता हुन्छ । यादवका अनुसार धानको बिरुवाको हरितकण बढाउन तथा बिरुवालाई बलियो बनाउन, बिरुवालाई हुर्काउन युरिया मलको आवश्यकता हुन्छ । अहिले उक्त मल आपूर्ति नभए बिरुवा पहेँलो भएर कमजोर हुने तथा बाली मर्ने खतरा भएका कारण पनि उक्त मल आवश्यक रहेको उनले बताए । 

प्रकाशित मिति: : 2020-09-04 15:08:35

प्रतिकृया दिनुहोस्