सुदूरपश्चिमका थप ८ जनामा कोरोना संक्रमण

डोटीका चारसहित सुदूरपश्चिमका थप ८ जनामा कोरोना भाइरस संक्रमण देखिएकाे छ।

 बिहीबार डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका १ जना, डोटी जोरायल गाउँपालिकाका ४, अछाम मेल्लेख गाउँपालिकाका १,चौरपाटी गाउपालिकाका १,बझाङ बुङ्गल नगरपालिकाका १ जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

उनीहरुलाई आइसाेलेसनमा लैजाने तयारी गरिएकाे  डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भूषालले बताइन्।

प्रकाशित मिति: : 2020-09-03 13:01:23

प्रतिकृया दिनुहोस्