आइसीयू अभावमा साधारण आइसोलेसनमा उपचार गर्दागर्दै रूपन्देहीकी कोरोना संक्रमित महिलाको मृत्यु

 रुपन्देहीमा थप एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देही सैनामैना-११ सालझण्डीकी महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए।

गौतमका अनुसार बुधवार साँझ उच्च ज्वरोसहित स्वाशप्रस्वाशमा समस्या भएपछि अस्पताल भर्ना भएकी ७७ वर्षिया महिलाको बुधवार नै कोभिड-१९ को परीक्षण भएको थियो। संक्रमण पुष्टि भएसँगै उनको अस्पतालकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो।

कोभिड विशेष अस्पतालमा आइसीयू र भेन्टिलेटर खाली नहुँदा सामान्य आइसोलेसनमा राखेर उपचार हुँदै गर्दा बिहीवार बिहान ४:३० मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

रुपन्देहीमा प्रादेशिक अस्पतालको अस्थायी कोभिड विशेष अस्पताल र भैरहवाको भीम अस्पतालमा आइसीयू छ। यी सबै संक्रमितले भरिएपछि उनलाई साधारण वार्डमा राखेर उपचार भइरहेको थियो।

प्रकाशित मिति: : 2020-09-03 10:54:24

प्रतिकृया दिनुहोस्