कोरोना संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ।
प्युठानको स्वर्गद्वारी नगरपालिका-७ का ५८ वर्षीय पुरूषको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा बुधवार राति मृत्यु भएको हो।
अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार भदौ १० गतेदेखि अस्पतालको आइसियूमा उपचाररत् ती पुरूषको बुधबार राति सवा नौ बजेतिर मृत्यु भएको हो।
निमोनिया र कलेजोमा गम्भीर समस्या देखिएपछि अस्पताल आएका उनको १० गतेदेखि नै भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।
उपचारकै क्रममा १५ गते स्वाब संकलन गरी परीक्षण गर्दा १६ गते कोरोना पोजिटिभ देखिएको आलमले जानकारी दिए।
यो सँगै प्युठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसअघि भदौ ५ गते स्वर्गद्वारी नगरपालिका ७ कै ६४ वर्षीय कोरोना संक्रमित पुरुषको पनि बुटवलमा मृत्यु भएको थियो।