कहिलेकाही मानिसहरुको मस्तिष्कमा एउटा कल्पना र प्रश्न आउन सक्छ- “बह्रमाण्डको उत्पत्ति कसरी भयो होला?”
रात्रिकालिन समयमा जब हामी आकाशमा हेर्छौ, तब हाम्रो मनमा विभिन्न प्रश्नहरु खडा हुन्छन्। सयौँ ग्रह,उपग्रह,अरबौँ तारा, लाखौँ तारामण्डलहरु कसरी बने होलान्? यो प्रश्नमा एउटा मात्रै तर्क र जवाफ आउनु असम्भव छ।
विज्ञानको तर्क अनुसार आज भन्दा १३.७ अरब बर्ष पहिले ब्रह्माण्डको उत्पत्ती भएको पाईन्छ। ब्रह्माण्डको उत्पत्तीबारे धेरै बैज्ञानिकहरुले आ-आफनो खोज र अनुसन्धानअनुसार फरक-फरक तर्क दिदै आएका छन्। बिज्ञान र प्रविधीले मानिसको सभ्यतालाई फरक ढगंले अगाडी बढाईरहेका छ।
हामीहरुले नसोचेका विषयहरुमा विज्ञानले अदभुत सफलता दिईरहेको छ। मानिस धर्तिकै उत्कृष्ट जिवात्मा हो।
चाप,ताप र घनत्व (Density) ले गर्दा बिस्पोट भई यो ब्रह्माण्ड उत्पत्ति भएको विज्ञानको निष्कर्ष छ। जुन निष्कर्षलार्ई बिग ब्याङ्ग (Big Bang) भनिन्छ। बिग ब्याङ्ग (Big Bang) भन्दा पहिलाको कालखण्डलाई सिंगुलारिटी (Singularity) अर्थात एकल कालखण्ड भनेर परिभाषित गरिन्थ्यो। ब्रह्माण्डलाई विभिन्न प्रकारमा स्वीकार गर्न सकिन्छ। एउटा दृश्य ब्रह्माण्ड जुन हामिले देखिरहेका छौँ। दोस्रो अदृश्य ब्रह्माण्ड जो ब्रह्माण्ड हामीले देख्न सक्दैनौँ। अदृश्य ब्रह्माण्डको केवल कल्पना मात्र हो भनेर पनि अनुमान लगाउन सकिन्छ। तर बिग ब्याङ्ग (Big Bang) तर्कले यो कुराको पुष्टि गर्दछ की परमाणुको विस्पोट भएपछि पृथ्वीले नयाँ आकार र स्वरुप पायो।
अहिलेपनि परमाणुहरु माईक्रो सेकेन्ड (Micro Second)मा फरक-फरक तवरले विस्फोट भैरहेका छन्। ठुलो विस्पोट पछि विस्तारै ताराहरु बन्न थाले। तराहरु बन्नु अगाडी ब्रह्माण्ड अर्थात संसार पुरै अन्धकार थियो। जुन समयलाई डार्क म्याटर (Dark Matter) भनेर पारिभाषित गरिएको छ। त्यतीबेला हाइड्रोजन (Hydrogen) बाट हेलियम (Helium) हुदै बिभिन्न पारमाणविक तत्वहरु बन्दै थिए। एउटा प्रक्रिया चलिरहेको थियो। तर त्यही प्रक्रियामा एउटा डरलाग्दो विस्पोट भयो। जसलाई सुपरनोवा (Supernova) भनिन्छ। सुपरनोवालाई बिग ब्याङ्ग (Big Bang) पछिको सबैभन्दा ठुला विस्पोट भनेरपनि चिनिन्छ। सुपरनोवा बनेपछि विस्तारै तारामण्डल,ग्रह,उपग्रह र कयौँ आकाशीय पिण्ड बन्न थाले।
कल्पना गर्दैजादा खडा भएका प्रश्नहरुको जवाफ खोजेनौ भने हामी भित्र प्रश्नको भोक हराउछ।
आजभन्दा करिब १४०० बर्ष पहिले पृथ्वीलाई नै ठुलो संसार मानिन्थ्यो। जतिवेला भन्ने गरिन्थ्यो यस धर्ति अर्थात पृथ्वीलाइ आकाशका सुर्य तथा ताराहरुले नै परीक्रमा गर्छन्। तर आजभन्दा १५३० पहिले तिर पोल्याण्डका निकोलस कोपरनिकस (Nicolaus Copernicus)ले हेलियोसेन्ट्रिक सिद्धान्त (Heliocentric Theory) प्रतिपादन गरे। जसको सार पृथ्वीलाई सुर्यले होइन, सुर्यलाइ पृथ्वीले चक्कर लगाउछ भन्ने थियो। यो सिद्धान्तले नै विज्ञान जगतलाइ छलाङ्ग मार्न निर्देशन दियो। उनलाई यो सिद्धान्त सार्वजनिक गर्न त्यतिवेला सकस नै थियो। किनभने त्यस समयमा धर्मका बिरुद्घ मानिन्थे- बिज्ञानका खोज। त्यसैले उनले किताबमा मात्र सार्वजनिक गरे। पछि उनको यो सिद्धान्त रुचाएर इटालिका एक बैज्ञानिक जिओर्डानो बु्रनो (Giordano Bruno) ले कोपरनिकसको सिद्धान्त ठिक भएको बताए। त्यतीबेला उनलाइ बिज्ञानको प्रचार नगर्न इसाई धर्मका व्यक्तिहरुले दबावसमेत दिए।
यसको परिणाम स्वरुप वैज्ञानिक जिओर्डानोलाई स.नं. १७ फेब्रुअरी १६०० मा रोमको एक सडकमा जिउदै जलाईयो। यस खवरले विज्ञान जगतमा पुरै हलचल मच्चायो। विज्ञानले विस्तारै जन्म लिदै थियो। २५ सेप्टेम्बर १६०८ मा नेदरल्यान्डका हान्स लिपरने (Hans Lipperney) ले एउटा लेन्स पत्ता लगाए। जसलाई विश्वको पहिलो लेन्स अर्थात टेलिस्कोपको नाम दिईयो। यही आविष्कारको आधारमा इटालिका ग्यलिलियो गैलेली (Galileo Galilei) ले सन् १६०९ मा एउटा यस्तो टेलिस्कोप बनाए जुन टेलिस्कोपले ग्रह ,उपग्रहहरु र अन्य आकाशिय पिण्डहरुलाइ ठुलो आकारमा देखाउथ्यो।
जर्ज एलेरी हेल (George Ellery Hale)ले ब्रह्माण्डको समस्या सुल्झाउन १००–इन्च टेलिस्कोप(The 100-Inch Telescope) निर्माण गरे। १९१७ मा उक्त टेलिस्कोपबाट विभिन्न आकाशीय दृश्यको अध्ययन गर्न थालिया। त्यो प्रयासलाई ब्रह्माण्डबारे गरिएको पहिलो खोज मानिन्छ। त्यसपछि एडविन हबल (Edwin hubble) ले लगातार उक्त टेलिस्कोप बारे बिभिन्न खोज अनुसन्धान गरे र थुप्रै कुरा पत्ता लगाए। पछि हबलकै नामबाट १९९० अप्रिल २४ मा ब्रह्माण्डको खोज गर्न पहिलो पटक अन्तरिक्षमा हबल स्पेस टेलिस्कोप पठाईयो।
त्यो प्रयासलाई पृथ्वीको अध्ययन गर्न गरिएको पहिलो बृहत अभ्यास मानिदै आएको छ।