अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर तथा पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा पाशुपत क्षेत्र वनकाली उद्यानमा नववर्ष विशेष ‘काव्य उत्सव’ कार्यक्रम सम्पन्न भएको छ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी तथा विशेष अतिथिको रूपमा अनेसासकी प्रथम महिला अध्यक्ष गीता खत्री र बेलायतबाट उपाध्यक्ष माया गुरुङ, जापानबाट गृष्मा पौडयाल, प्रा.डा. खगेन्द्र प्रसाद लुइटेलले विशेष मन्तव्य रहेको थियो।
होमनाथ सुवेदी र गीता खत्रीलाई नेपाल च्याप्टरको निवर्तमान अध्यक्ष सन्ध्या पहाडीसमेतले सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् भने निवर्तमान महासचिव ऋषभदेव घिमिरेले उक्त सम्मानपत्र वाचन गरेका थिए।
लक्ष्मी वृक्षमा जल सेचन गरी उद्घाटन गरिएको काव्य उत्सवमा अनेसासका उपाध्यक्ष निर्मल रमण पराजुलीले स्वागत गरेका थिए। जापानकी गृष्मालाई स्वागत अनि पाशुपत क्षेत्रका कार्यसमितिबाट आएका कुमार खतिवडालाई सम्मानपत्र र रुदाक्षमालाले विशेष सम्मान गरिएको थियो।
लेखक संघको नवनिर्वाचित उपमहासचिव नारायण सापकोटालाई स्वागत गरिएको थियो। उद्यानमा आयोजित कार्यक्रममा विभिन्न कविहरूद्वारा काव्य वाचन गरिएको थियो।
मणि लोहनी, गीता कार्की, ऋषभदेव घिमिरे, कमला रिसाल, मधु पाठक, ममता मृदुल, सन्ध्या पहारी, गायक नरहरी प्रेमी, माया गुरुङ, देवेन्द्र केसी ‘देवि’, प्रा.डा. जीवन अधिकारी, शुष्मा आचार्य ‘अशु’, भवानी खतिवडा, डा. शान्तिमाया गिरी, गीता खत्री, निर्मल पराजुली, शान्ति रिसाल, द्वारिका कुईंकेल जस्ता स्वनामधन्य कविहरूले एक आपसमा नववर्षको शुभकामना आदान-प्रदान गर्दै काव्य उत्सव सम्पन्न गरे।
कार्यक्रमको सञ्चालन मंजिला अनिलले गरेकी थिइन्।