पर्सा र बारामा गरी थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा ४ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाका अनुसार ५ देखि ७० वर्ष उमेर समूहका संक्रमित मध्ये ३६ जना महिला छन् ।
पर्साका १३ र बाराका ५० जना संक्रमित छन् । गण्डक अस्पतालबाट पठाइएको एउटा स्वाब नमुनाको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको डा चौरसियाले बताए ।
यता, वीरगञ्ज वडा नं ४ मा २ जना, वडा नं १२, १८ मा १÷१ जनामा, बहुदरमाई नगरपालिकाको वडा नं ४ मा ५ जना, वडा नं ५ मा १ जना, वडा नं ६ मा २ जनामा कोरोना देखिएको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नं १ का ५ जना, वडा नं ७ का ५ जना, वडा नं २३ का ३ जना, वडा नं २ मा ६ जना, वडा नं ४ मा ६ जना, वडा नं ३, ६, ८, ९ र २१ मा १÷१ जना, वडा नं २० मा ४ जना, वडा नं ५ मा ७ जना र ३ जनाको ठेगाना पहिचान हुन सकेको छैन ।
यसअघि पर्सामा ४ सय ९३ जना महिला सहित २ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भईसकेको छ ।