धरानको विपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

सिरहाको मिर्चैया-६ निवासी उनको सोमबार राति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। 

उनलाई गत भदौं १० गते विराटनगरस्थित विराट मेडिकल कलेजबाट धरान रिफर गरिएको थियो। उच्च रक्तचाप र मधुमेहका समेत रोगी रहेका उनको ९ गते संक्रमण पुष्टि भएको थियो। 

स्वासप्रस्वास समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। 

मृतकको शव अस्तपालमै राखिएको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति: : 2020-09-01 00:32:13

प्रतिकृया दिनुहोस्