वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल दम्पत्तिलाई कोरोनाको संक्रमण

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण भएको छ। शनिबार स्वाब दिइएकोमा दुवैलाई कोरोना संक्रमण देखिएको हो।

संक्रमण देखिएपछि पत्नी सरलासहित आफू सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको रिजालले जानकारी दिए।

दुवैको स्वास्थ्य सामान्य छ। दुवैको स्वाब ह्याम्स अस्पतालमै परीक्षण गरिएको थियो।

प्रकाशित मिति: : 2020-08-31 19:18:50

प्रतिकृया दिनुहोस्