सहकारी ठगी प्रकरण

कार्यादेश टुङ्ग्याउन शीर्ष नेताहरु बालुवाटारमा जुट्दै

फाइल तस्विर
फाइल तस्विर

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शीर्ष नेताहरुसहितको बैठक आज बस्दैछ। बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ।

यसअघि शनिबार कार्यदलको बैठक र त्यसपछि शीर्ष नेताहरुको बैठक बसे पनि सहमति हुन सकेको थिएन।

कार्यदलका सदस्य जीवन परियारकाअनुसार शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत कार्यदलका सदस्यहरु उपस्थित रहेका थिए।

बालुवाटारको छलफलमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमै विवाद रहेको बुझिएको छ।

आजै बिहान ११ बजे प्रतिनिधिसभाको र साढे ११ बजे राष्ट्रियसभाको बैठक बोलाइएको छ।

प्रकाशित मिति: : 2024-05-26 07:03:00

प्रतिकृया दिनुहोस्