अब वीरगञ्जका काेराेना संक्रमितकाे सेवा ‘सिस्टर रोबोट’ले गर्ने !

वीरगञ्जको कोभिड अस्पतालमा अब ‘सिस्टर रोबोट’ले सेवा दिने भएकाे छ। 

सानो पाइला संस्थाले राष्ट्रिय अनुसन्धान परिषद्को समन्वयमा तयार पारेको ‘सिस्टर रोबोट’ले वीरगञ्जको कोभिड अस्पतालमा भर्ना भएर उपचार गराइरहेका संक्रमतिहरुकाे सेवा गर्ने भएकाे हाे।

भौत्तिक शास्त्रका वैज्ञानिक विक्रम उपाध्यायले धातुबाट बनेको विद्युतीय ‘सिस्टर रोबोट’ अविस्कार गरेकाे भन्दै पूर्ण रुपले सुरक्षित हुने बताए।

‘यो धातुबाट बनेको हुँदा स्वास्थ्यकर्मीलाई झै भाइरस फैलिने खतरा हुदैन। ‘सिस्टर रोबोट’मा सामान राखेर कोभिड अस्पतालको कोठामा हरेक वेडसँग पठाउन सकिन्छ। यसले मानवले जस्तै संक्रमितहरूलाई चाहिने सामानहरु पुर्‍याइदिन्छ,’ उनले भने। 

उनका अनुसार ‘सिस्टर रोबोट’मा भएको ब्याट्री चार्ज गरेपछि दैनिक रुपमा त्यसले काम गर्छ। 

प्रकाशित मिति: : 2020-08-30 19:21:10

प्रतिकृया दिनुहोस्