रुपन्देही र भक्तपुरमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। उनीहरुकाे आइतबार मृत्यु भएकाे हाे।
लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो।
मृतक कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए।
श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि उनी आइतबार बिहान ४M ३५ बजे अस्पताल भर्ना भएका थिए।
उनी मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको अस्पतालले जनाएको थिए।
यता भक्तपुरमा कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। भक्तपुर नगरपालिका १ दूधपाटीका बासिन्दा उनको आइतबार विहान मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिए।
भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए। उच्च रक्तचाप र महुमेहको समस्या देखिएका ती पुरुषमा कोरोना संक्रमणको लक्षण भने देखिएको थिएन। उनी आफैं खाना खान नसक्ने भएकाले परिवारकै आग्रहमा होम आइसोलेसनमा राखिएको थियाे।