पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८६ सहित मुलुकभर ८८४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामध्ये २४२ महिला र ६४२ पुरूष छन्।
काठमाडाैँ उपत्यकामा थप १८६ जनामा कोरोना पुष्टि भएको छ। काठमाडाैँ १५५, भक्तपुर १२, ललितपुर १९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० जार ५ सय ५५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १६ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म ६ लाख ६९ हजार ६२६ पीसीआर परीक्षण भएको छ।
पछिल्लो २४ घन्टामा ३ महिला र ९ पुरूष गरि १२ जनाको मृत्यु भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट पाल्पाकी ३०, काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिला तथा पर्साका ४८ र ३९, सिरहाका ८४, गोरखा ३८, कास्कीमा ५८, काठमाडौंमा ८३, ललितपुरका ७२ र ६१ तथा भक्तपुरका ८२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ।