पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु

लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

पाल्पको तानसेन नगरपालिका ८ मदनपोखराकी ३० वर्षीया महिलाको बेलुका ६ः३० बजे मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए।

उनका अनुसार भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी मृतकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो।

कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत थिइन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियाे। तरकाे उनकाे उपचारकै क्रममा मृत्यु भएकाे शाक्यले बताए।

ती महिला मुटु रोगीसमेत रहेको थिए।

प्रकाशित मिति: : 2020-08-29 07:27:50

प्रतिकृया दिनुहोस्