निषेधाज्ञाबीच असनमा 'अल्झिएको' जिन्दगी : चाउचाउ र चिउरामा पानी हालेर टर्छ छाक !

लोकान्तर

काठमाडौँ

गगन अर्याल

मध्यान्हको १२ बजे । टन्टलापुर घाम लागेको छ ।

काठमाडौंको इन्द्रचोक सुनसान छ । 

मानिसहरूको आवतजावत शून्यप्रायः छ ।

बेला–बेलमा प्रहरीको गाडी साइरन बजाएर आउँछ ।

एक दुईजना मानिसहरू आवतजावत गर्छन् ।

इन्द्रचोकको पाटीमा ३ जना सुतिरहेका छन् । एक जना वृद्धजस्ता देखिने व्यक्ति भने हातमा नाम्लो लिएर मन्दिरको तल बसिरहेका छन् ।

कहिले सडक छेउमा आएर यताउता गर्छन् त कहिले अर्को छेउमा गएर अर्को तर्फको सडक हेर्छन् । 

जता हेरे पनि सुनसान नै छ ।

शरीरमा फाटेको जिन्सको हाल्फ पाइन्ट, कालो क्याप, कपडाको कालो मास्क, गर्मी महिनामा पनि ज्याकेट, खुट्टामा चप्पल र हातमा नाम्लो छ । 

खुट्टाभरी घाउ नै घाउ अनि अनुहारमा काम नपाएको चिन्ता ।

प्रकाशित मिति: : 2020-08-27 13:02:51

प्रतिकृया दिनुहोस्