अक्सफोर्डले भारतको १७ ठाउँमा कोरोना भ्याक्सिनको परीक्षण गर्दै

बेलायतको चर्चित अक्सफोर्ड विश्वविधालयले तयार गर्न लागेको कोरोना भाइरसको भ्याक्सिनको परीक्षण भारतमा सुरु भएको छ। 

भारतको सिरम इन्सिच्युट अफ इन्डियाले अक्सफोर्ड–एस्ट्राजेनेकाद्धारा निर्माण गरिरहेको भ्याक्सिन कोभीशिल्डको दोस्रो तथा तेस्रो चरणको परीक्षण सुरु गरेको हो। 

भारतको क्लिनिकल ट्रायल्स रजिस्ट्रीका अनुसार परीक्षण गर्न इच्छुक व्यक्तिमा कोभीशिल्डको दुई डोज दिइनेछ। पहिलो डोज दिएको २९ दिनपछि अर्को डोज दिने दिने व्यवस्था मिलाइएको छ। यसमा शुन्य दशमलव पाँच एमएलको डोज हुनेछ। 

यो परीक्षणलाई ‘अब्जर्बर ब्लाइन्ड’, ‘रेन्डमाइज्ड’ र ‘कन्ट्रोल’ परीक्षणको नाम दिइएको छ। १६ सय मानिसमा भ्याक्सिनको परीक्षण हुनेछ। 

परीक्षण भारतको १७ स्थानमा हुने बताइएको छ। यसको परीक्षण एम्स जोधपुर (राजस्थान) एम्स दिल्ली, आन्ध्र मेडिकल कलेज (विशाखापट्टनम), बिजे मेडिकल कलेज र ससुन अस्पताल (पूणे), भारतीय विद्यापीठ डिम्ड विश्वविधालय मेडिकल कलेज (पूणे), गर्भमेन्ट मेडकल कलेज (नागपुर), आइसीएमआर क्षेत्रीय मेडिकल रिसर्च सेन्टर (गोरखपुर), इन्सिच्युट अफ कम्युनिटी मेडिसिन (चेन्नई), जहागीर अस्पताल (पूणे), जेएसएस एकेडेमी अफ हायर एजुकेशन एण्ड रिसर्च (मैसुर), केइएम अस्पताल रिसर्च सेन्टर (सिरुर, पूणे), महात्मा गान्धी इन्सिच्युट अफ मेडिकल साइन्स (वर्धा), पीजीआईएमइआर (चण्डीगढ), राजेन्द्र मेमोरियल रिसर्च मेडिकल साइन्स (पटना), सेठ जीएस मेडिकल कलेज (मुम्बई), श्रीरामचन्द्र इन्सिच्युट अफ हायर एजेकेशन एन्ड रिसर्च (चेन्नई) र टिएन मेडिकल कलेज (मुम्बई) मा हुनेछ।

प्रकाशित मिति: : 2020-08-26 08:52:52

प्रतिकृया दिनुहोस्