महामारीमा पनि राजस्व संकलन सन्तोषजनक : आर्थिक वर्षको पहिलो महिनामै ६६ अर्ब उठ्यो

लोकान्तर

काठमाडौँ
परिवर्तन देवकोटा

 

कोरोनाभाइरस (कोभिड १९) को महामारीका बीच आर्थिक वर्षको शुरूआती महिनामा राजस्व संकलनको स्थिति सकारात्मक देखिएको छ ।  

सरकारले असार र साउन महिनामा निषेधाज्ञा खुकुलो बनाएका कारण राजस्व संकलन लक्ष्यकै हाराहारीमा भएको हो । 

कोरोना भाइरसको महामारी रोकथाम तथा न्यूनीकरणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि असार ७ गतेसम्म पूर्णरूपमा मुलुकमा लकडाउन गरेको थियो, जसबाट आर्थिक अवस्था अत्यन्तै नाजुक बनेको सरकारी निकायहरूले नै बताउँदै आएका थिए । 

तत्पश्चात सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड निर्धारण गरी उद्योग तथा कलकारखाना सञ्चालन गर्ने निर्णय असार १ गते गरेको थियो । साउन ७ गतेदेखि मुलुकमा लकडाउन अन्त्य गरिएको थियो । 

प्रकाशित मिति: : 2020-08-24 12:31:48

प्रतिकृया दिनुहोस्