
जलेको सिंहदरबार
बिएल संवाददाता
उपनिर्वाचनमा बारा क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवलाई कलैया उपमहानगरपालिकाका सदस्यहरुले राजाले लगाउने चाँदीको मुकुट र दुई सय किलोको माला पहिर्याएका छन्।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसमेत रहेका यादवलाई उपनिर्वाचनमा विजयी भएको उपलक्ष्यमा आइतबार चाँदीको मुकुट र माला लगाएर सदस्यहरुले सम्मान गरेका हुन्।
त्यस्तै उनीहरुले मुकुट र दुई सय केजीको माला लगाइदिएपछि यादवलाई बधाई दिन हात्तीसहितको जुलुस निकालेका थिए। उनीहरुले यादवलाई हात्तीमा सवार हुन भने पनि उनले अस्वीकार गरे। यद्यपि, सो जुलुसमा सहभागी मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव र अर्थमन्त्री सञ्जय यादव सवार भएका थिए।
यादव यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा जनमत पार्टीका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेललाई भारी मतान्तरले पछि पार्दै विजयी भएका हुन्।
उनले गत मंसिरको आमनिर्वाचनमा सप्तरी क्षेत्र नं. २ मा जनमतका उम्मेदवार चन्द्रकान्त राउत (सिके)सँग लज्जासपद हार व्यहोरेका थिए। सो निर्वाचन क्षेत्रमा पराजित भएपछि बारा– २ बाट निर्वाचित आफ्नो पार्टीका नेता रामसाय यादवलाई उपराष्ट्रपति बनाएर उपेन्द्रले यो निर्वाचन क्षेत्रबाट चुनाव लडेका हुन्।
बारा– २ मा पनि जनमतका कुशवाहासँगकाे कडा प्रतिस्पर्धापछि निर्वाचित भएका उपेन्द्रले हालसम्म पनि विजयी जुलुस मनाउँदै हिँडेका छन्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया