विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

 विराटनगरमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हाे। 

४ भदौमा स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै भर्ना गरिएको थियो।

मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति रहेकाे  विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए।
 
योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० पुगेको छ।

विराटनगर ९ र १० मा २/२ जनाको मृत्यु भएको छ।

त्यस्तै विराटनगर महानगरपालिकाका २, ३, ५, ६ र १५ नम्बर वडामा एक/एक जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-08-24 08:14:11

प्रतिकृया दिनुहोस्