सप्तरीमा दुई स्वास्थ्यकर्मीसहित १० जना संक्रमित थप भएका छन्।
गजेन्द्रनारायण सिंह अस्पतालमा सप्तरीको १९० जनाको स्वाब परीक्षण गर्दा १ महिलासहित १० जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
आइतबार संक्रमण पुष्टि हुनेमा अस्पतालकै एक स्वास्थ्यकर्मी र गोइठी स्वास्थ्य चौकीमा कार्यरत एक अर्का स्वास्थ्यकर्मी समेत रहेका छन्।
यस्तै राजविराज नगरपालिका ५ का ४८ वर्षीय, तिरहुत गाउँपालिका ४ का २९ वर्षीय, शम्भुनाथ नगरपालिका ८ का ४१ वर्षीय, तिलाठी कोइलाडी गाउँपालिका ३ का २५ वर्षीय, महादेवा गाउँपालिका१ का ३० वर्षीय, वडा नम्बर ५ का ३९ वर्षीय, खडक नगरपालिका६ का ४६ वर्षीय, वडा नम्बर११ का ३३ वर्षीय, वडा नखुलेको २५ वर्षीय पुरुष र बिष्णुपुर गाउँपालिका१ की ३२ वर्षीया महिला छन्।
यता सिरहाको ५ जनाको रिपोर्ट पोजिटिभ आएको अस्पताल प्रशासनले जनाएको छ।
सप्तरीको सप्तकोशी नगरपालिका१ का ५२ वर्षीया महिला तथा बलान बिहुल गाउँपालिका१ का २७ वर्षीय र वडा नम्बर६ का ३८ वर्षीय पुरुषमा शनिबार संक्रमण पुष्टि भएको थियो।
हालसम्म सप्तरीमा ७२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ५१५ जना निको भएका छन् भने २०६ जना उपचाररत छन्। संक्रमितमध्ये ५ पुरुषको मृत्यु भएको छ।