नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमणबाट एक ६ वर्षीय बालिकासहित थप ९ जनाको मृत्यु भएको छ।
योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ४६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
आज ज्यान गुमाउनेमा सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जना छन्।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष छन्। पर्साका ६१ वर्षीय, ५८ वर्षीय र ४८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ।
बाराका ५८ वर्षीय, सिरहाका ६८ वर्षीय, मकवानपुरका ५६ वर्षीय र भक्तपुरका ७३ वर्षीय व्यक्तिको मृत्यु भएको हो।