सिरहामा मृत्यु भएका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मिर्चैया नगरपालिका ४ का ती ६८ वर्षीय पुरुषको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताए।
उनमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियाे। उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए।
उनको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु गरिएको उनले बताए।
योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ।