‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
उमेश थापा
नेपालीहरुको महान चार्ड दसैँ नजिकिएसँगै काठमाडौंबाट गाउँ जानेहरुको लर्को पनि बढिरहेको छ। तर दसैँमा घर जानेहरुले महँगो भाडा, सिट नपाउने र जोखिम यात्रा गर्नुपर्ने जस्तो समस्या भोग्नु परेकाे छ। त्योसँगै यातायात क्षेत्रमा कालो बजारीको पनि बिगबिगी छ। तर यसबारे यातायात व्यवस्था विभागले के–कस्तो काम गरिरहेको छ त? सोही सन्दर्भमा यातयात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुसँग बिएल नेपाली सेवाका लागि उमेश थापाले सोधेका तीन प्रश्न?
अहिले तपाईंहरुले दसैँलाई लक्षित गरेर जनताहरुका लागि हेल्प डेस्क १५ ठाँउमा सञ्चालन गरिरहनुभएको छ, तर यसो गर्नाले जनताले दुख पाउँदैनन् भन्ने कुरामा तपाईं कत्तिको ढुक्क हुनुहुन्छ त?
यातायात व्यवस्था विभागले पहिलेदेखि नै चार्डर्वाडमा हेल्प डेस्क सञ्चालन गर्दै आइरहेको छ। त्यसैले हामीले १५ ठाउँमा हेल्प डेस्क राखेका छौँ। एउटा हेल्प डेस्कमा दुई जना ट्राफिक प्रहरी र उपवक्ताका एक जना गरी हामीले कोटेश्वर, सादोबाटो, बल्खु, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, नागढुंगा, साँगा, जगती, फपिङ् र अन्य दूई ठाँउहरुमा सञ्चालन गरिरहेका छौँ। म आफैँ हिजो अनुगमन गर्न गएको थियो। हाम्रो टिमले जनताहरुलाई दसैँमा महँगो भाडा कालो बजारीबाट बचाउनेछ। तर, मानिसहरुले यातायातमा पाएको गुनासोहरु हाम्रो हेल्प डेस्कमा आएर भन्नुपर्छ। जनताहरुले दुः ख नपाँउ भनेर हामीले धेरै ठाँउहरुमा समन्वय गरेका छौं र हामीसँग सवारी चालक, सहचालक र गाडी नम्बर सबै हुन्छ।
दसैँमा घर जानका लागि जनताहरुलाई टिकट लिन सास्ती छ, कालो बजारी दसैँको समयमा नै बढ्छ यसलाई कसरी हेर्नु भएको छ?
दसैँको समयमा काठमाडौं छाडेर गाँउ घर जाने मानिसहरु धेरै हुनुहुन्छ। त्यसैले हामी यातायात क्षेत्रको यातायात व्यवसायीसँग समन्वय गरेर अगाडि बढेका छैं। यदी जनताहरुलाई टिकट लिन ग्राहो र कालो बजारी भएको कुरा कसैले थाहा पाउनुहुन्छ भने हामीलाई सिधैँ सम्पर्क वा हेल्प डेस्कमा गएर गुनासो दिन सक्नुहुनेछ। यातायात व्यवस्था विभागका२२ जना कर्मचारी खटेका हुन्छन्। जनताहरुले गुनासो दिने बित्तिकै कारवाही हुन्छ। कालो बजारी हामीले नियन्त्रण गर्ने त होइन तर गुनासो आएको खण्डमा कानुनी कारवाही अगाडि सार्छौँ। हाम्रो विशेष काम भनेको समन्वय गर्नु र जनताहरुलाई मारमा नपार्नु हो।
दसैंको समय सिट भन्दा बढी यात्रु हाल्ने, ठाँउ–ठाँउका नाका कटेपछि यात्रुलाई मुडा वा झुण्डाएर यात्रा गराउने यातायातलाई कसरी मूल्याङकन गर्नु भएको छ?
हो, विगतका दिनहरुमा जनताहरु यसरी पनि गाँउघर गएका छन्। तर, जस्तै कलंकीसम्म जाँदा सिटमा मात्र मान्छे हाल्ने त्यसपछि मुडा वा झुण्डाएर यात्रा गराउने यातायातलाई कारवाही गछौँ। हामीले ट्राफिक प्रहरी, स्थानीय तह, जिल्ला प्रशासन कार्यलयमा पनि समन्वय गरेका छौं। त्यसले गर्दा यात्रुहरुले आफैँले पाएको दुःख तुरुन्तै हामीलाई भन्नुपर्छ। हामीसँग त्यस्तो गुनासो आए, हामीले तुरुन्तै कारवाही गर्छौँ। फिल्ड जरिवाना, चिट काट्ने, र अर्को गाडी पठाइदिने छौँ। जनताहरु पाएको गुनासो ढुक्कसँग भन्नुपर्छ। यातायात व्यवस्था विभागले सञ्चालनमा ल्याएको हेल्प डेस्कमा जतिपनि गुनासो आउँछ, त्यसलाई समाधान गरेर जनताहरुलाई सहजीकरणमा मद्दत पुर्याउने छौँ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया