‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
गोरखापत्र
नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको विवाद व्यवस्थापन नहुँदै प्रतिस्पर्धाको आन्तरिक गृहकार्यमा तीव्रता आउन थालेको छ। सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि सभापति बन्न आफू निकटका केन्द्रीय सदस्यसँग पहिलो चरणको छलफल पूरा गरेसँगै अरू नेताहरूबीच परामर्शले गति लिएको छ। मतदाता तयार नहुँदै थालिएको गृहकार्यले असहज परिस्थिति निम्तने खतरासमेत रहेको कतिपयको भनाइ छ।
आफूलाई ‘वेटिङ’ सभापतिका रूपमा दाबी गर्दै आउनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनलाई लक्षित गरी अनौपचारिक छलफल अगाडि बढाउनुभएको छ। त्यसै क्रममा पार्टीका संस्थापक बीपी कोइरालाका सुपुत्र शशाङ्क कोइराला, सर्वोच्च नेता गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह र गान्धीवादी नेता महेन्द्रनारायण निधिका सुपुत्र विमलेन्द्र निधि सोमबार एक ठाउँ बसेर खानपान गरेपछि महाधिवेशनको तरङ्गले नयाँ रूप लिएको छ।
सभापति देउवाकै अग्रसरता
कोरोना महामारीले पछाडि धकेलिँदै आउँदो भदौ १६–१९ मा पार्टीको १४औँ महाधिवेशन हुँदै छ। यो संशोधित कार्यतालिका भर्खरै पार्टी केन्द्रीय कार्यसमितिले तय गरेको हो। महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएलगत्तै सभापति देउवाले आफूलाई अर्को कार्यकालका लागि पनि सभापति बन्न सहयोग गर्न केन्द्रीय सदस्यलाई आग्रह गरिरहनुभएको छ। यस क्रममा सोमबार देउवाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गर्नुभयो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया