कोरोनालाई नियन्त्रणमा राखेको दक्षिण कोरियामा पछिल्लो समय संक्रमणको संख्यामा बृद्धि देखिएको छ।
शुक्रबार मात्र यहाँ एकै पल्ट ३ सय जनामा संक्रमण देखिएको छ। ८ मार्चपछि यति ठूलो संख्यामा कोरियामा कोरोना संक्रमित देखिएको पहिलो घटना हो।
एक सातायता कोरोना संक्रमितको संख्या २ सयको हाराहारीमा देखिन थालेपछि सरकार सर्तक भएको छ।
जेजु आइल्याण्डबाहेक देशको सबै राज्यमा संक्रमित भेटिएका छन्।
प्रतिबन्धलाई अटेर गरेर सारङ जील चर्चमा सामूहिक रूपमा प्रार्थना गर्दा समस्या बढेको जानकारी स्थानीय पत्रपत्रिकाले दिएका छन्।
यो चर्चसँग आवद्ध ७ सय ३९ मानिसमा संक्रमण देखिएको छ।