महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंका थप ५ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । महाशाखाका अनुसार घरबिदा सकाएर आएपछि परीक्षण गर्दा उनीहरूको नतिजा पोजिटिभ देखिएको हो ।
घर बिदाबाट फर्किएका उनीहरू महाशाखाकै क्वारेन्टाइनमा रहेका थिए । ३ दिनअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
योसँगै बग्गीखानामा कोरोना संक्रमित हुने ट्राफिक प्रहरीको संख्या २२ पुगेको छ ।