क्वारेन्टाइनमा बसेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
‘घरबिदामा रहेको र घरबाट आएपछि कोरोना परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो। उनीहरुको बिहीबार रिपोर्ट आएको हो,’ महाशाखाका एक अधिकारीले भने।
१७ जना थप भएसँगै ट्राफिक महाशाखामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ।