होटल सोल्टीका सेफको सुझाव : तीजको दरमा के खाने, के नखाने ?

लोकान्तर

काठमाडौँ

आर. बी. बुढाथोकी

तिज मनाउने आधुनिक सस्कारसँगै तडकभडक पनि दिनानुदिन बढ्दो क्रममा छ । देखासेकीका कारण अहिले तीजको दर माइतीमा नभई होटल, रेस्टुरेन्ट, पार्टी प्यालेसमा भव्य हुँदै गएको छ ।

खानाका व्यापक परिकार, मादक र पेय पदार्थमा भव्य हुँदै गएको हाम्रो तीज परम्परगत तीजको दर खाने तरिका लोप हुँदै गएको छ । आफ्नो मौलिक परम्परागत दर खाने तरिका अब आधुनिकतातिर मोडिएको छ ।

तीज आउँदा दर त खानैपर्‍यो । तर स्वास्थ्यमा ध्यान नदिने हो भने बिरामी परेर अप्रिय दुर्घटनामा पर्न सकिन्छ । सामान्यतया चाडपर्वको बेलामा खाँदा ध्यान पुर्‍याइएन भने विभिन्न समस्या आइपर्न सक्छन् । त्यसमा पनि दर खाने र व्रत बस्ने भएपछि यसमा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ । तीजको दरको नाममा १ महिना अघिदेखि नै महिलाहरू व्यस्त हुनु र पुरुषमा पनि तीजको रौनक चढ्नु आजको प्रमुख विकृति हो ।

तीजको गीतमा आएका विविधतासँगै परम्परागत तीज लोप हुँदै गएको पनि प्रस्ट भान हुन थालेको छ । घाँटी हेरी हाड निल्ने प्रवृत्ति पनि हराउन थालेपछि तीज पहिला र अहिलेकोमा फरक हुँदै गएको विज्ञहरूको भनाइ छ ।

प्रकाशित मिति: : 2020-08-20 07:19:37

प्रतिकृया दिनुहोस्