सिरहमा बुधबार थप २४ जनामा कोरोना (कोभिड १९) पोजेटिभ देखिएको छ । कन्ट्याक्ट ट्रेसिङ्का आधारमा गरिएको पीसिआर रिपोर्टअनुसार इलाका प्रहरी कार्यालय गोलबजारका १० जना प्रहरी र ४ जना सर्वसाधारणमा संक्रमण पुष्टि भएको हो ।
सिरहा । सिरहमा बुधबार थप २४ जनामा कोरोना (कोभिड १९) पोजेटिभ देखिएको छ । कन्ट्याक्ट ट्रेसिङ्का आधारमा गरिएको पीसिआर रिपोर्टअनुसार इलाका प्रहरी कार्यालय गोलबजारका १० जना प्रहरी र ४ जना सर्वसाधारणमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा ४ महिला र २० जना पुरुषहरु रहेका छन् । उनीहरु सबै ११ देखि ७० वर्ष उमेर समूहका रहेका छन् । जिल्लामा अहिलेसम्म २ सय ९८ जना कोरोना कोरोना संक्रमित भएका छन् । जसमध्ये २ सय १० जना निको भएर घर फर्केका छन् भने ८६ जनाको उपचार भइरहेको छ । जिल्लामा हालसम्म ५ हजार ९ सय २८ जनाको स्वाव परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।