कोरोना भाइरसको इपिसेन्टर बनेको वीरगञ्जको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायको सरुवा भएको छ। कोरोनाविरुद्धको लडाइँमा दिनरात खटिरहेका उपाध्याय मन्त्रालय तानिएका हुन्।
एक वर्षदेखि कार्यरत उपाध्यायको सरुवा भएपछि अस्पतालका चिकित्सकहरु अन्यौलमा छन्। अस्पताल नेतृत्वविहिन बन्दा सिस्टम नै जाम भएको चिकित्सकहरुको गुनासो छ।
उपाध्यायको ठाँउमा डा. सञ्जय ठाकुरलाई पठाइएको छ।
नारायणी अस्पताल अन्तर्गत अहिले दुई अस्पतालमा तीन सय जना भन्दा बढी संक्रमितको उपचार भइरहेको छ। नारायणी अस्थायी गण्डक कोभिड अस्पताल र वीरगञ्ज हेल्थ केयरमा १५० जना संक्रमित उपचाररत छन्।