काठमाडौं उपत्यकामा १५९ सहित मुलुकभर थप ६८१ जनामा कोरोना भाइरस पुष्टि

पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरेको ११ हजार ५ सय २२ पीसीआर परीक्षणबाट ६८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुगेको छ।

मन्त्रालयका अनुसार ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन्। क्वारेन्टाइनमा १३ हजार ५७१ जना रहेका छन् भने आइसोलेसनमा ११ हजार १ सय १८ जनाको उपचार भइरहेको छ।

काठमाडौं उपत्यकामा आज थपिए १ सय ५९ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १ सय ५९ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज काठमाडौं उपत्यकामा १ सय ५९ संक्रमित थपिएको बताए।

नयाँ थपिएका संक्रमितमध्ये काठमाडौंका १ सय ३४, ललितपुरका १७ जना र भक्तपुरका ८ जना रहेका छन्।

थप ६ जनाको मृत्यु

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको बताए।

डा. गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक-एक छन् । त्यसैगरी मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट १२० जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-08-19 16:31:52

प्रतिकृया दिनुहोस्