कीर्तिपुर नगरपालिकामा सार्वजनिक यातायात बन्द हुने भएकाे छ ।
नगरपालिका रेड जोनभित्र परेकाले भदौ ९ गतेसम्मलाई सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको मेयर रमेश महर्जनले बताए ।
‘हाम्रो नगरपालिका पनि रेड जोनभित्र परेकाले सार्वनजिक यातायात बन्द गर्ने निर्णय गरेका हौं,’ उनले भने ।
त्यस्तै नगरपालिकाभित्र बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र बजार सञ्चालन गर्न निर्णय गरेको उनले बताए।