सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गरिएको थियो।
त्यसमध्ये एकजना कर्मचारीमा मंगलबार काेराेना संक्रमण भएको रिपाेर्ट आएकाे हो।
सर्वोच्चमा यसअघि १८२ जनाको स्वाब परीक्षण गर्दा एक सवारी चालक र एकजना न्यायाधीशको सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको थियो।
योसँगै सर्वोच्च अदालतमा तीनजना व्यक्ति कोरोना सङ्क्रमित भएका छन्।