बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ।
नेपालगञ्ज मेडिकल कलेज भर्ना भएका नेपालगञ्ज ५ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार राति करिव साढे ११ बजे मृत्यु भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।
मृतकमा साउन ३० गतेदेखि कोरोना भाइरसको लक्षण देखिएको थियो।
‘उनी त्यसको दुई दिनपछि अर्थात ३२ गते भर्ना भएका थिए। त्यही दिन अस्पतालले मृतकको स्वाव लिएर परीक्षण गर्न पठाएको थियो,’ फोकलपर्सन श्रेष्ठले भने।
उनको स्वाब परीक्षणकाे रिपोर्ट भदौ १ गते आएको थियो।
बाँकेमा यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।