गण्डकी प्रदेशका ६ जिल्लामा थपिए २५ कोरोना संक्रमित

गण्डकी प्रदेशका ६ जिल्लामा थप २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

सोमबार राति १७ र मंगलबार बिहान ५ जना गरी २५ जना संक्रमित थपिएका हुन्।

गण्डकी प्रदेशमा नयाँ थपिएका संक्रमितमा ६ वर्षीय बालकदेखि ८७ वर्षीय वृद्धसम्म छन्। पोखरा महानगरपालिकामा १० वर्षीय बालकसहित ५ जना महिला र २० जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

पोखरा महानगरपालिका ४ मा २१ वर्षीया महिला, वडा नम्बर ६ मा २३ र २८ वर्षीय पुरुष, ७ मा ३८ वर्षीय पुरुष र ३६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।

यता पोखराकै वडा नम्बर ९ मा ३१ वर्षीया महिला र ३६ वर्षीया पुरुष, वडा नम्बर १६ मा ६६ वर्षीय पुरुष, १७ मा ८७ वर्षीय पुरुष, २७ मा २४ वर्षीया महिला, १० वर्षीय बालक र ५९ वर्षीय पुरुष तथा वडा नम्बर ३० मा ४६ वर्षीय पुरुषमा कारोना संक्रमण पुष्टि भएकाे छ। 

यस्तै मंगलबार बिहान संक्रमण पुष्टि भएका पोखराका २५ र ५० वर्षीया २ जना महिलाको वडा नम्बर खुलाइएकाे छैन।

यसैगरी बागलुङको बरेङ गाउँपालिका २ का ६ वर्षीय बालक र २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ। बागलुङ नगरपालिकाको वडा नखुलेका २६ वर्षीय एक पुरुषमा संक्रमण देखिएको छ।

यता बर्दघाट सुस्ता पूर्वनवलपुरको कावासोती नगरपालिका २ मा १४ र ३७ वर्षीया महिलामा संक्रमण देखिएको छ।

 नवलपुरमै विनय त्रिवेणी १ मा २८ वर्षीय, लमजुङ दोर्दी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय र स्याङ्जाको पुतलीबजार नगरपालिकामा ६० वर्षीय एक पुरुषमा संक्रणण देखिएको छ।

यस्तै तनहुँको ब्यास नगरपालिका १ का २३ र ३१ वर्षीय २ महिलामा पनि संक्रमण पुष्टि भएको छ।

उनीहरु सबैलाई जिल्लास्थित आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए।

प्रकाशित मिति: : 2020-08-18 07:30:51

प्रतिकृया दिनुहोस्