डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलन सुरु

बिएल संवाददाता

बाेस्टन (अमेरिका)

अमेरिकामा डेमोक्र्याटिक पार्टीका राष्ट्रिय भर्च्युअल सम्मेलन सुरु भएको छ। कोरोना भाइरसको महामारीका कारण डेमोक्र्याटहरुको सबैभन्दा ठूलो सम्मेलन भर्च्युअल रुपमा गर्न लागेकाे हाे।

चार दिने सम्मेलनले राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहेका जो वाइडेनले उपराष्ट्रपति पदमा सिनेटर कमला देवी ह्यारिसलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गर्ने छन्।

साथै पार्टी रणनीतिबारे विस्तृत योजना पनि बनाउने छ ।

जो बाइडेन र कमलाको जोडीले नोभेम्बर ३ को चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प र माइक पेन्ससँग प्रतिस्पर्धा गर्ने छन् । यो वर्ष धेरैले हुलाक मार्फत मतदान गर्ने अपेक्षा छ । तर राष्ट्रपति ट्रम्पले त्यसको विरोध गर्दै आएका छन्।

कमलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएपछि डोनाल्ड ट्रम्पको दोस्रो पल्ट राष्ट्रपति बन्ने अभियानमा गम्भीर धक्का लाग्न सक्ने आंकलन गरिएको छ। 

कोरोना संक्रमणभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको पक्षमा मतदान गर्न अमेरिकामा बसोबास गरिरहेका भारतीय समूदायलाई आग्रह गरेका थिए। मोदीको कार्यक्रममा भारतीय–अमेरिकीको ठूलो भिड लागेको थियो। 

तर, उपराष्ट्रपति पदमा कमला देवीको आगमनपछि भारतीय समूदाय विभाजित हुने बताइएको छ। 

यस्तै, अश्वेतप्रति अनुदार मानिएका ट्रम्पलाई कमला देवीको बुवा अफ्रिकीमूलको हुनुले पनि ठूलो धक्का दिन सक्ने विश्लेषण गरिएको छ। 

प्रकाशित मिति: : 2020-08-18 07:13:53

प्रतिकृया दिनुहोस्